![इजोरिया [Ijoriya] book cover](https://m.media-amazon.com/images/S/compressed.photo.goodreads.com/books/1663122385i/62585608.jpg)
सुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ । सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् । इजोरिया मित्रताको कथा हो । इजोरिया महिलाको कथा हो । इजोरिया मधेसको कथा हो । इजोरिया मुक्तिको कथा हो । इजोरिया माया र ममताको कथा हो । इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।