![करिया [Kariya] book cover](https://m.media-amazon.com/images/S/compressed.photo.goodreads.com/books/1613469276i/57096269.jpg)
सय वर्षअघिको सामाजिक इतिहास हो यो । बुढापाकाहरूले भन्ने गरेको कमाराकमारीहरूबारेका रोचक एवम् कारूणिक घटनाहरूलाई यसमा औपन्यासिक रूपमा प्रस्तुत गरिएको छ । उपन्यास भए पनि यसमा उल्लेख भएका अधिकांश घटना तथ्यमा आधारित छन् । त्यो बेलाका सामाजिक चालचलन, रीतिरिवाजहरू पढ्दा रोचक लाग्छ । ठाउँठाउँमा भावुकताले घाँटी अँठ्याउँछ । कृतिमा राणाहरूका दरबारदेखि रैतीहरूका घरबारसम्मका कुरा छन् । यसले हाम्रो समाज कसरी अघि बढिरहेछ भन्ने कुरा सूक्ष्म रूपमा बताउँछ ।