![रोल्पा सुइना [Rolpa Suina] book cover](https://m.media-amazon.com/images/S/compressed.photo.goodreads.com/books/1586522732i/53102792.jpg)
राजनीतिक द्वन्द्वको परिवेश, भोगाइ र असरहरुलाई कथ्यमा उतार्ने प्रयासमा नवीन विभासले मानव जीवनका दैनन्दिनी समातेर सम्वेदनशील र चिन्तनीय कथाहरु रचेका छन् । पाठकले यी कथाहरुमा सहानुभुती र सरलता, स्पष्ट अभिव्यक्ति, मानवीय स्नेह र स्थानीय भोगाइको मीठो सम्मिश्रण पाउनेछन् । क्रान्तिका अवयव, उत्सर्ग र अवसानसॅग जोडिएका जटिलता त्यसमा होमिएका जीवनहरु, तिनमा समाहित सामाजिक परिवेशलाई यी कथाहरुले रोल्पाली धरातलबाट नियालेका छन् । विभासले रचेको परिवेश र पात्र चित्रणमा त्यस्तो केहि आकर्षण छ जसले हामीलाई किन शक्ति र सत्ताको प्रयोग अर्थपुर्ण तवरमा हुने गर्दैन भनेर सोच्न उत्प्रेरित गर्छ । भास्कर गौतम